काठमाडौं - नेपाल फाइनान्स एसोसिएशनको अध्यक्षमा सरोजकाजी तुलाधर पुनः चयन भएका छन् । शुक्रबार भएको वार्षिक साधारणसभाले तुलाधरलाई नै निरन्तरता दिएको हो ।
अध्यक्षमा तुलाधरसहित कार्यसमिति सबै पदाधिकारी निर्विरोध भएको एसोसिएशनले जनाएको छ ।
एसोसिएशनको प्रथम उपाध्यक्षमा आइसीएफसी फाइनान्सका प्रमूख कार्यकारी अधिकृत सुनिल पन्त, द्धितीय उपाध्यक्षमा पोखरा फाइनान्सका प्रमूख कार्यकारी अधिकृतत रविन्द्रचन्द्र गुरुङ, महासचिवमा रिलायन्स फाइनान्सका प्रमूख कार्यकारी अधिकृत अनिल श्रेष्ठ, कोषाध्यक्षमा नेपाल फाइनान्सका प्रमूख कार्यकारी अधिकृत उद्धवराज थपलिया निर्विरोध चयन भएका हुन् ।
प्रतिक्रिया