घाँस काट्न गएका दिदीबहिनी झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका वडा नम्बर–६ बाबियाचौरमा बस्दै आएका दुई जना दिदीबहिनी झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।
शुक्रबार १४ र १५ वर्षीय किशोरी दिदीबहिनी उनीहरु बिहान ८ बजे घरबाट घाँस काट्न नजिकैको जंगलमा गएका थिए ।
लगत्तै ११ बजे झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी जानकारी दिएका छन् ।
१४ वर्षीया किशोरी कक्षा ७ मा र १५ वर्षीया किशोरी कक्षा ८ मा पढ्दै आएका थिए ।
स्थानीयले दुई बालिकालाई झुण्डिएको अवस्थामा भेटाएपछि प्रहरीलाई खबर गरेका थिए । शवलाई पोष्टमार्टमको लागि अहिले प्रदेश अस्पताल कालागाउँमा लगीएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया