नेपाली कामदारलाई साइबर अपराधबाट बच्न साउदीस्थित नेपाली दूतावासको आग्रह

५ बर्ष अगाडि

काठमाडौं - नेपाली कामदारहरुलाई साउदी अरबको नेपाली दूतावासले साइबर अपराधबाट बच्न आग्रह गरेका छ । साउदी अरबमा साइबर कानून अत्यन्तै कडा रहेको भन्दै साइबर अपराधबाट बच्न विशेष सतर्कता अपनाउन यस्तो आग्रह गरिएको हो ।  

साउदी अरबमा कार्यरत कतिपय नेपाली कामदारहरुले भावावेश वा अन्जानमा सामाजिक सञ्जालमा अनेक खालका टिप्पणी गर्ने गरेका छन् । त्यसतर्फ लक्षित गर्दै नेपाली दूतावासले सामाजिक सञ्जालको प्रयोग गर्दा विषेश सजगता अपनाउनु आग्रह गरेको छ । 

साउदी अरबमा साइबर अपराधविरूद्धको कानून, २००७ प्रयोगमा रहेको छ । उक्त कानून उल्लंघन गरेमा ५ वर्ष जेल सजायसहित करिब ९० लाख नेपाली रुपैयाँ बराबर हुन आउने ३० लाख साउदी रियालसम्म जरिवाना हुने व्यवस्था छ ।

सामाजिक सञ्जाल प्रयोग गर्दा सजगता अपनाउन नसके कानूनको दायरामा आउने भन्दै नेपाली दूतावासले आफ्नो फोनबाट अनावश्यक मेसेज वा कुराकानी नगर्न र गर्न नदिन आग्रह गरेको छ । 

इमो, फेसबुक, ह्वाट्स एप, मेसेन्जर जस्ता सामाजिक सञ्जालका मााध्यमबाट साउदी कानूनविरुद्ध हुने गरी कुनै सामग्री अपलोड गरी त्यसलाई शेयर, लाइक, कमेण्ट नगर्न पनि दूतावासले अनुरोध गरेको छ । 
 
नेपाली कामदारहरुलाई वैदेशिक रोजगारमा जानु अघि नेपालमा सम्बन्धित मुलुकको धर्म, संस्कृति, परम्परा, रीतिरिवाज र राजनीतिक व्यवस्थाको सम्मान गर्न सिकाइने गरिएको छ । तर कार्यस्थलमा कतिपयले त्यसको उल्लंघन गर्ने गरेका छन् ।

 
 

५ बर्ष अगाडि

प्रतिक्रिया