क्वालालम्पुर विमानस्थलमा सयौं नेपाली अलपत्र

५ बर्ष अगाडि

काठमाडौं - नेपाल वायु सेवा निगमले अकस्मात उडान रोक्दा स्वदेश फर्किन क्वालालम्पुर विमानस्थल पुगेका सयौं नेपाली विमानस्थलमा अलपत्र परेका छन् । 

नेपाल एयरलाइन्सले अप्रिल २ तारिख शुक्रबार र अप्रिल ३ तारिख शनिबार विहानका लागि तय गरेको उडान आर.ए. ४१६ को फ्लाईट रद्ध गरेपछि मलेसिायका विभिन्न शहरबाट क्वालालम्पुर विमानस्थल पुगेका यात्रु अलपत्र परेका हुन् । 
 
प्राविधिक कारणले नेपाल एयरलाइन्सको क्वालालम्पुर काठमाडौंका लागि तय भएको अप्रिल २ र ३ तारिखको फ्लाईट क्यान्सिल भएको बताइएको छ । 

अर्को उडान अप्रिल ४ तारिख आइतबार बिहान स्थानीय समयानुसार ५ बजेर ४५ मिनेटमा हुने छ । नेपाल एयरलाइन्सको वाइडबडी विमानमार्फत सोही टिकटमा नेपाल फर्काइने र यात्रुले अन्य शुल्क तिर्न नपर्ने बताएका छन् । 

तर स्वदेश फर्किने यात्रु अनिवार्यरुपमा ७२ घण्टा भित्रको कोरोना परीक्षणको रिपोर्ट साथमै हुनुपर्ने नियमले यात्रुहरुलाई समस्या पारेको बताइएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया