माछापुच्छ्रे बैंकद्वारा 'कन्ट्याक्ट लेस कार्ड' सेवा सुरु

५ बर्ष अगाडि

काठमाडौं - माछापुच्छ्रे बैंकले कन्ट्याक्ट लेस कार्ड सेवा सुरु गरेको छ । बैंकले भिषा कार्ड मार्फत हुने कारोबारहरुलाई अझ सहज बनाउने उद्धेश्यले उक्त सेवा सुरु गरेको हो । 

कन्ट्याकलेस कार्ड सेवा अन्तर्गत कन्ट्याकलेस कार्डको प्रयोग गरी पोइन्ट अफ सेल्समा कारोबार गर्दा आफ्नो कार्डको पिन राख्नु पर्दैन, उक्त ‘ट्याप एण्ड पे’ सुविधायुक्त एइक् मा ट्याप गरेर सजिलै कारोबार गर्न सकिनेछ । 

कन्ट्याकलेस कार्ड अन्र्तगत बैंकको डेविट तथा क्रेडिट कार्ड प्रयोग गरी रु. २००० सम्मको भुक्तानी गर्दा पिनको आवश्यकता पर्दैन भने २००० भन्दा बढिको काराबोर गर्दा कार्ड पिन नम्वर राख्नुपर्ने हुन्छ । 

उक्त सुबिधा लिनको लागि बैंकका ग्राहकले नजिकको शाखामा सम्पर्क राखी कन्ट्याक्ट लेस कार्ड लिनसक्नेछन् । 

५ बर्ष अगाडि

प्रतिक्रिया