काठमाडौं - आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीलेय २३औं वार्षिक साधारण सभा वैशाख १२ गते बोलाएको हो ।
सभा आफ्नै केन्द्रिय कार्यालय, नक्साल, काठमाडौंमा बिहान १० बजेबाट सुरु हुने भएको छ । कम्पनीको चैत २० गते बसेको सञ्चालक समितिको बैठकले सभा गर्ने निर्णय गरेको हो ।
सभाले शेयरधनीहरुलाई हाल कायम चुक्तापूँजीको ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै, बोनस शेयर वितरण पश्चात कायम चुक्तापूँजीको ४० प्रतिशत (१०:४) का दरले हकप्रद शेयर जारी गर्ने भएको छ ।
सभाको अन्य प्रस्तावमा स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने, कम्पनीको शेयर संरचना संस्थापक समूहतर्फ ५१ प्रतिशत र सर्वसाधारण समूहतर्फ ४९ प्रतिशत कायम गर्ने गरी प्रवन्धपत्र संशोधन गर्ने रहेको छ ।
प्रतिक्रिया