माछापुच्छ्रे बैंकले सुरु गर्‍यो कन्ट्याक्ट लेस कार्ड सेवा,पिन नम्बर बिना नै कारोबार

५ बर्ष अगाडि

काठमाडौं- माछापुच्छ्रे बैंकले कन्ट्याक्ट लेस कार्ड सेवा सुरु गरेको छ। बैंकले भिजा कार्डमार्फत हुने कारोबारलाई सहज बनाउन पीओएसमा कारोबार गर्दा आफ्नो कार्डको पिन नम्बर बिना नै भुक्तानी गर्न सकिने बताएको छ ।

कार्डको ‘ट्याप एण्ड पे’ सुविधाका कारण पिओएसमा ट्याप गरी सजिलै कारोबार गर्न सकिने बैंकले जनाएको छ ।

कन्ट्याक्ट लेस कार्डअन्तर्गत बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी दुई हजारसम्मको भुक्तानी गर्दा पिन आवश्यक नपर्ने बैंकले जनाएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया