सोचे जस्तो आम्दानी गर्न नसकेपछि एलजीको मोबाइल व्यवसाय नै बन्द गर्ने तयारी

५ बर्ष अगाडि

काठमाडौं -  मोबाइल व्यवसायबाट खासै आम्दानी गर्न नसकेपछि एलजीले अब आफ्नो मोबाइल व्यवसाय नै बन्द गर्ने तयारी गरेको छ ।

हालसम्म प्राप्त जानकारीअनुसार कम्पनीले आउँदो सोमबार अर्थात अप्रिल ५ गतेदेखि मोबाइल व्यवसायलाई बन्द गर्नेछ ।

एलजी अहिले आफ्नो पैसा गुमाउन व्यवसायको संक्रमणकालीन अवस्थामा रहेको छ । जसमा कम्पनीले मोबाइल सेग्मेन्टमा काम गर्ने कर्मचारीलाई अन्य क्षेत्रमा रुपान्तरण गर्ने काम गरिरहेको कोरियन टाइम्सले उल्लेख गरेको छ ।

कम्पनीले सन् २०१५ देखि स्मार्टफोन सेग्मेन्टमा सञ्चालन खर्चसमेत उठाउन सकिरहेको छैन । स्मार्टफोनमा केही उत्पादन उत्कृष्ट हुँदा पनि कम्पनीले सफलता हात पार्न नसकेसँगै अन्य कम्पनीलाई मोबाइल सेग्मेन्ट बिक्री गर्ने तयारी गरेको थियो ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया