प्रधानमन्त्री ओलीले २०८१ सालको नयाँ वर्षमा मेलम्ची खानेपानी आयोजनाको टनेलमा अन्य दुई स्रोतबाट पानी थपेर काठमाडौं ल्याइने बताएका छन् । शुक्रबार भृकुटीमण्डपमा मेलम्चीको पानी वितरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उनले ८१ सालको नयाँ वर्षमा याङ्ग्री र लार्केको पानी पनि काठमाडौंमा ल्याइने दावी गरेका हुन् ।
अब मेलम्चीको टनेलमा पानी मिसाउने आयोजनाको नाम भने फेर्नुपर्ने उनको भनाइ छ । उनले भने, ‘अबको आयोजनाको नाम फेर्नुपर्ला, मेलम्चीभन्दा मानिसले नपत्याउलान्, फेरि के हो–के हो भन्लान् ।’
उनले सरकारले सबैभन्दा पहिला मानिसको जीवन रक्षालाई प्राथमिकता दिएको भन्दै कोरोना महामारीकाबीच पनि विकास निर्माणले तीव्रता पाएको बताए । उनले त्यसको फलस्वरुप लामो प्रतिक्षाको विषय बनेको मेलम्चीको पानी काठमाडौबासीका धारामा खसाल्न सम्भव भएको दावी गरे । उनले सरकारले देश विकासमा सवै सामर्थ्य खर्च गरिएको पनि बताए ।
प्रतिक्रिया