मोरङ - १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा २५ वर्षीय एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । तेह्रथुमको मेन्छायम गाउँपालिका स्थायी ठेगाना भई सुन्दरहरैंचा नगरपालिका–५ बाँसबारी बस्दै आएका गोविन्द हिङमाङलाई इलाका प्रहरी उर्लाबारीले पक्राउ गरेको हो ।
हिङमाङमाथि फेसबुकबाट चिनजान भएकी ती बालिकालाई फकाइ–फुल्याइ गरेर होलीका दिन उर्लाबारी ल्याएर दुई दिनसम्म बलात्कार गरेको आरोप रहेको जिल्ला प्रहरी मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक मानबहादुर राईले बताएका छन् ।
हिङमाङले उर्लाबारी–७ की खरीमाया श्रेष्ठको घरमा बालिकालाई राखेर दुई दिनसम्म जबरजस्ती करणी गरेको भनी बालिकाका बुबाले इलाका प्रहरी कार्यालय उर्लाबारीमा किटानी जाहेरी दिएको उनले जानकारी दिए ।
प्रतिक्रिया