काठमाडौं- प्रहरीले काठमाडौं तारकेश्वर नगरपालिका–८ का २३ वर्षीय अमित भुजेललाई विदेश पठाईदिन्छु भई ठगी गरेको आरोपमा पक्राउ गरेको छ ।
भुजेलले अष्ट्रेलिया पठाईदिन्छु भन्दै ९ लाख रुपैयाँ ठगी गरेको अभियोगमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका–१६ माछापोखरीबाट बिहीबार पक्राउ गरेको हो ।
भुजेलले सर्ट टर्म ४५७ भिषामा २/२ वर्षका लागि १०५ दिन भित्र अष्ट्रेलिया पठाईदिन्छु र त्यसका लागि प्रतिव्यक्ति ६ लाख रुपैयाँ लाग्छ भन्दै २ जनाबाट ९ लाख रुपैयाँ ठगि गरेका थिए ।
प्रतिक्रिया