महिला सहयात्रा लघुवित्तको १०.५३ प्रतिशत लाभांश प्रस्ताव पारित

५ बर्ष अगाडि

काठमाडौं- महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश प्रस्ताव पारित गरेको छ । लघुवित्तको  बुधबार सम्पन्न आठौँ वार्षिक साधारण सभाले लाभांश वितरण गर्न स्वीकृती दिएको छ ।  

आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई १० प्रतिशत बोनस शेयर र ०.५३ प्रतिशत गद लाभांश (कर प्रयोजनार्थ) गरी कुल १०.५३ प्रतिशत लाभांश पारित गरेको छ । महिला सहयात्रा लघुवित्तले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट शेयरधनीलाई १ करोड ३३ लाख १० हजार रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको थियो।

५ बर्ष अगाडि

प्रतिक्रिया