काठमाडौं - नेपालमा पछिल्लो ६ महिनामा आगलागीबाट एक अर्ब रुपैयाँ बराबरको क्षति भएको छ ।
गृह मन्त्रालयका अनुसार पछिल्लो ७ दिनमा मात्र १ सय १७ ठाउँमा आगलागी भएको छ । धेरै जसो वन ढडेलोको घटना रहेको छ । वनमा लगाइएको डढेलोका कारण घर, गोठ तथा अन्य भौतिक संरचनाहरूको पनि विनाश भएको मन्त्रालयले जनाएको छ ।
तर, अहिले सम्म वन डढेलोका कारण मात्र कति क्षति भन्ने बारे तथ्याङ्क आउन सकेको छैन । एक अध्ययनको अनुसार नेपालमा वन ढडेलोका कारण भेडा, बाख्रा, गाई, गोरु, भैंसी, खच्चर र घोडा चाराउँने गोठालाबाट सबै भन्दा बढि र जमिन मलिलो बनाउँन पात पतिङगर डढाउँने क्रममा लाग्ने आगलागि सबभन्दा कम देखिन्छ ।
वन तथा भू संरक्षण विभाग र ईसिमोडले गरेको एक अध्ययनअनुसार वन डढेलोको जोखिमका हिसाबले नेपालको १३ जिल्ला अति संवेदनशिल र ११ वटा जिल्ला संवेदनशिल रहेका छन् ।
प्रतिक्रिया