ताप्लेजुङ - ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नं ६ लेलेपमा सनराइज बैंकले शाखारहित बैंकिङ सेवाको सुरुवात गरेको छ ।
बैंकले फक्ताङलुङ गाउँपालिका वडा नं ६, लेलेप, ताप्लेजुङमा खोलेको शाखारहित बैंकिङ सेवाको व्यवसाय प्रतिनिधिका रुपमा फुपु डोमा शेर्पालार्ई नियुक्त गरेको जनाएको छ ।
उक्त शाखारहित बैंकिङ सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ सेवा संख्या ७२ पुगेको हो ।
प्रतिक्रिया