आज ३ कम्पनीको वार्षिक साधारण सभा, कुनको कहाँ ?

५ बर्ष अगाडि

काठमाडौं - आज ३ कम्पनीको वार्षिक साधारण सभा हुँदैछ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड, सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेड र युनाइटेड इदी मर्दी हाइड्रोपावरको साधारण सभा आज हुन लागेको हो । 

डिप्रोक्स लघुवित्तको १९ औँ वार्षिक साधारण सभा आज चितवनको सौराहास्थित होटेल मोनालिसामा हुँदैछ । सभाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई कुल २० प्रतिशत लाभांश पारित गर्नेछ। जसमध्ये १५ प्रतिशतले हुन आउने बोनस सेयर र ५ प्रतिशतले हुन आउने नगद लाभांश (करसहित) रहेको छ । 

संस्थाले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि चैत १० गतेदेखि २० गतेसम्म बुकक्लोज गरेको छ ।  त्यसैले चैत ९ गतेसम्म नेप्सेमा कायम रहेका सेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

सपोर्ट लघुवित्तको छैठौँ वार्षिक साधारण सभा आज (चैत २० गते शुक्रबार) हुँदैछ । सभामा संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षण सहित वासलात, नाफा(नोक्सान हिसाब, सोहि अवधिको नगद प्रवाह विवरण, इक्वीटी भएको परिवर्तन सम्बन्धि विवरण र सम्बन्धित अनुसुचिहरुमाथि छलफल गरी पारित गरिनेछ  । 

त्यसैगरी, आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षण गर्न लेखा परीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक पनि निर्धारण गरिनेछ । संस्थाले यो वर्ष कुनै पनि लाभांश घोषणा गरेको छैन ।

युनाइटेड इदीको ११औँ वार्षिक साधारण आज (सभा चैत २० गते शुक्रबार) हुँदैछ । कम्पनीले यो वर्ष कुनै पनि लाभांश घोषणा गरेको छैन । 

सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने, आर्थिक वर्ष २०७६/७७ को वित्तीय विवरण स्वीकृत गर्ने र आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्त गर्ने सञ्चालक समितिमा सर्वसाधारण सेयरधनीको तर्फबाट १ जना सञ्चालको निर्वाचन गर्ने लगायतका प्रस्ताव पेश हुनेछन् । 

कम्पनीले साधारण सभा प्रयोजनका लागि चैत ६ गते बुकक्लोज गरेको थियो । त्यसैले, चैत ५ गतेसम्म कायम सेयरधनीहरू मात्र सभामा भाग लिन सक्नेछन् । 

५ बर्ष अगाडि

प्रतिक्रिया