काठमाडौं - नरायणी डेभलपमेण्ट बैंकको लिलामी शेयरमा परेको गोप्य शिलबन्दी बोलपत्र आज खोलिने भएको छ । आज दिउँसो १ बजे विक्री प्रबन्धकको कार्यालयमै बोलपत्र खोलिने बताइएको छ ।
कम्पनीले चैत ३ गतेदेखि चैत १० गतेसम्म १५ हजार ९७४ कित्ता संस्थापक शेयर र ६ हजार ५८३ कित्ता सर्वसाधारण शेयर लिलामीमा विक्री खुला गरेको थियो ।
उक्त शेयर विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।
प्रतिक्रिया