काठमाडौं - एनएलजी इन्स्योरेन्सको संस्थापक शेयर साधारणमा रुपान्तरण भएको छ ।
गत मंसिर ५ गते सम्पन्न कम्पनीको १४ औँ वार्षिक साधारण सभाले पारित गरे बमोजिम समूह ‘ख’ तर्फ रहेको शेयर सहज रुपमा खरीद बिक्री गर्ने व्यवस्था गर्ने निर्णय बमोजिम २० प्रतिशत संस्थापक शेयरमध्ये हाल कायम संस्थापक शेयरधनी तर्फको ९५ प्रतिशत शेयर सर्वसाधारणमा रुपान्तरण भएको हो ।
समूह ‘ख’ को शेयर वितरण गर्ने प्रयोजनका लागि कम्पनीको प्रबन्धपत्र तथा नियमावली दुबैको दफा ५ ‘ग’ भएको व्यवस्था बमोजिम हाल कायम रहेका संस्थापक शेयरधनीहरुको ९५ प्रतिशत सर्वसाधारण समुहमा समायोजन गरी डिम्याट खातामा पठाइएको छ ।
कम्पनीले २०७७ चैत्र ६ गतेसम्म शेयर अभौतिकीकरण गराउने संस्थापक शेयरधनीको शेयर साधारणमा परिवर्तन गरी कम्पनीले सम्बन्धीत शेयरधनीको हितग्राही खातामा जम्मा गरिसकेको जनाएको छ ।
प्रतिक्रिया