अटो रिक्सामा मुक्तिनाथ विकास बैंकको क्यूआर सेवा

५ बर्ष अगाडि

काठमाडौं - मुक्तिनाथ विकास बैंकले सेवा अटो रिक्सामा क्यूआर सेवा सुचारु गरेको छ । 

यो सँगै गोपिगंज, टाँडी, धनकुटा र काकडभिट्टाको विभिन्न रुटमा कुद्ने अटो रिक्साहरुमा क्यूआर कोडबाट अनलाइनानै भुक्तानी गर्न मिल्ने भएको हो । 

यस कार्यबाट अटो रिक्सामा चढ्ने यात्रुहरुले भाडा बापतको रकम रिक्सामा भएको क्यू।आर कोड स्क्यान गरी भुक्तानी गर्न सक्नेछन् । 

क्यूआर कोडबाट सुरक्षित रुपमा भुक्तानी गर्ने गराउने सम्बन्धमा बैंकका शाखा प्रबन्धकहरुले अटो रिक्साका चालकहरुलाई आवश्यक प्रशिक्षण समेत गराएका थिए।

विकास बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न भिसा नेटवर्क अन्तर्गतको जुन सुकै बैंकको एटिएमबाट विना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया