मिर्मिरे लघुवित्तको लाभांश पारित, कति ?

५ बर्ष अगाडि

काठमाडौं - मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । 

कम्पनीको १० औँ वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट संस्थाका सेयरधनीहरूलाई ९।२० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.४८ नगर गरि कुल ९.६८ लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

साथै सभाले एफपीओ जारी गर्ने विशेष प्रस्ताव पारित गरेको छ । सभाले स्वेडा लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गरेपश्चात् संस्थापक सेयर र सर्वसाधारण सेयर पुँजीको अनुपात मिलान गर्ने क्रममा फरक परेको रकमलाई प्रिमियममा एफपीओ निष्कासन गर्ने प्रस्ताव पनि पारित गरेको हो ।

सभाले साविक नागबेली लघुवित्त वित्तीय संस्थाको १ अर्ब २९ करोड ६७ लाख ४९ हजार २७९ रुपैयाँको वासलातसहितको वित्तीय विवरण र मिर्मिरे लघुवित्तको २ अर्ब ९२ करोड ४२ लाख २ हजार ८९६ रुपैयाँको वासलातसहितको वित्तीय विवरण पास गरेको छ । 

मिर्मिरेले साविक नागवेली लघुवित्तलाई गत भदौ ७ गते प्राप्ति गरी एकीकृत कारोबार गरेको हो ।

५ बर्ष अगाडि

प्रतिक्रिया