वायु प्रदूषण : ६ दिनमा पोखरा विमानस्थलबाट मात्र १४१  उडान रद्द

५ बर्ष अगाडि

वायु प्रदूषणले पोखरालाई काठमाडौंसँग जोड्ने हवाई सम्पर्क पाँचदिनदेखि पूर्णरूपमा टुटेको छ। ६ दिनको यो अवधिमा पोखरा विमानस्थलबाट मात्र १४१ वटा उडान रद्द भएका छन् । शनिबारदेखि बुधबारसम्म पोखरा–काठमाडौं रुटमा एउटै उडान हुन नसकेको पोखरा विमानस्थलले बताएको छ।

उडान रद्द भएसंगै विमानस्थल मात्र नभई पोखराको पर्यटन र हवाई क्षेत्रलाई समेत आर्थिक रूपमा नोक्सान पुर्‍याएको छ। बुधबार बिहान खुलेको पोखराको मौसम केही समयपछि बिग्रँदा दिनभर उडान हुन नसकेको विमानस्थलले बताएको छ। 

उनका अनुसार बुधबार बिहानपख ५ हजार मिटर भिजिविलिटी रहेको पोखराको मौसम पछि घट्दै जाँदा मध्यान्हपछि एकहजार मिटरमा झरेको थियो। पोखरा–जोमसोम उडान बिहान ६ बजे नै सुरु हुन्छ। दिउँसोमा हावा चल्ने भएकोले बिहान १० बजेपछि सामान्यतया पोखरा–जोमसोम उडान हुँदैन।


 

५ बर्ष अगाडि

प्रतिक्रिया