काठमाडौं- नेपाल इन्स्योरेन्सको वार्षिक साधारण सभा चैत २७ गते हुने भएको छ ।
सभा कम्पनीले एयरपोर्ट होटल सिनामंगल , काठमाडौंमा बिहान ११ बजेका लागि सभा बोलाइएको छ । चैत ५ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।
सभाले आर्थिक वर्ष २०७६र७७ को मुनाफाबाट शेयरधनीहरुलाई ८ प्रतिशत बोनस शेयर कर प्रयोजनका लागि २ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
सभाको अन्य प्रस्तावमा कम्पनीको प्रवन्धपत्र संशोधन गर्ने, रिक्त रहेको सञ्चालक पदमा संस्थापक शेयरधनीको नियुक्ति अनुमोदन गर्ने रहेको छ ।
प्रतिक्रिया