काठमाडौंको डल्लुमा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा २३ वर्षीय युवक पक्राउ परेका छन् ।
जबजस्ती करणी गरेको अभियोगमा काठमाडौं महानगरपालिका १५ डल्लु बस्ने काभ्रे चौरीदेउराली गाउँपालिका ८ घर भएका ओम पहरीलाई मंगलवार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
काठमाडौं महानगरपालिका १५ हलचोकस्थित मेहरगेष्ट हाउसमा ओमले ती किशोरीलाई विभिन्न प्रलोभनमा पारी जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्तबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
प्रतिक्रिया