आज प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

५ बर्ष अगाडि

काठमाडौँ – प्रतिनिधिस भाको बैठक आज बस्ने भएको छ । बैठक दिउँसो १ बजे संघीय संसद भवन बानेश्वरमा बस्ने भएको हो ।  

आजको बैठकमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधनमा शोक प्रस्ताव पेश गर्ने कार्यसूची छ ।

यस्तै संविधानसभामा सांसद रहेकी लक्ष्मीदेवी भण्डारीको निधन भएकोमा पनि शोक प्रस्ताव पेश गर्ने कार्यसूची छ ।

यस्तै प्रधानन्त्री केपी शर्मा ओलीले विभिन्न वार्षिक प्रतिवेदनहरू पेश गर्ने सम्भावित कार्यसूची छ ।

साथै विकास तथा प्रविधि समितिका सभापति कल्याणी कुमारी खड्काले विकास तथा प्रविधि समितिको वार्षिक प्रतिवेदन, २०७७ पेश गर्ने सम्भावित कार्यसूची रहेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया