दर्ता भयो एनआरएन डेभलपमेन्ट फन्ड, आइपीओ जारी गर्दै

५ बर्ष अगाडि

काठमाडौं - गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को पहलमा एनआरएन डेभलपमेन्ट फन्ड दर्ता भएको छ । कम्पनी रजिस्ट्रारको कार्यालयले चैत १७ गते उक्त कम्पनीलाई दर्ता प्रमाणपत्र दिएको हो ।

सरकारको ५ प्रतिशत लगानीसहित प्रवर्द्धक रहेको यस कम्पनीमा २ अर्बको प्रतिबद्धता प्राप्त भइसकेको र जुन यसै हप्ताबाट प्राप्त हुनछ । 

८५ प्रतिशत लगानीका निम्ति गैरआवासीय नेपालीलाई लक्षित गरी छिट्टै प्राथमिक सेयर ९आईपीओ० निष्काशन हुने बताइएको छ । जसमा दसौँ लाख नेपाली सहभागी हुने अपेक्षा कम्पनीको छ । 

संसारभर छरिएर रहेका श्रमिक, व्यवसायी, पेसाकर्मी सबैले नेपालको विकास र समृद्धिमा सकेको लगानी गरी आर्थिक लाभसमेत उठाउन पाउनेछन् । यस अभियानको ८५ प्रतिशत लगानीमा संसारभरका गैरआवासीय नेपालीले १० डलर र त्यसभन्दामाथि लगानी गर्न पाउनेछन् ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया