जीवन बीमा कम्पनीहरुले संकलन गरे ८२ अर्ब बढी बीमा शुल्क, कुनको कति ?

५ बर्ष अगाडि

काठमाडौं-  चालु आर्थिक वर्षको फागुन मसान्तसम्म जीवन बीमा कम्पनीहरुले रु.८२ अर्ब भन्दा बढी बीमाशुल्क संकलन गरेको छन् । नेपालमा हाल १९ वटा जीवन बीमा कम्पनी रहेका छन् । बीमा समितिबाट प्राप्त फागुन मसान्तसम्मको तथ्यांकले यि बीमा कम्पनीहरु सो बराबरको बीमा शुल्क संकलन गरको देखाएको छ । 

उक्त कम्पनीहरुले फागुनमा मात्र रु ८ अर्ब १३ करोड बीमाशुल्क संकलन गरेका छन् । 

यस्तै, जीवन बीमा कम्पनीहरुको जारी बीमालेखको संख्या ८१ लाख ८७ हजार ९ सय ६८ पुगेको छ । कम्पनीहरुले फागुनमा मात्र ६ लाख ३६ हजार ६३३ ओटा बीमालेख जारी गरेका छन् ।

यसैगरी, जीवन बीमा  कम्पनीहरुको चुक्ताँ पुँजी रु ३६ अर्ब ६५ करोड रहेको छ भने कार्यरत कर्मचारीको संख्या ५ हजार ६ सय ६७ रहेको छ । त्यसैगरी, हाल मुलुकभर १ हजार ९ सय  ६९ वटा निर्जीवन बीमा कम्पनीहरुको कार्यालय रहेका छन् ।

मुलुकभर रहेको जीवन बीमा कम्पनीहरु कति बीमा शुल्क संकलन गरे ?

५ बर्ष अगाडि

प्रतिक्रिया