विद्यालय बन्द र यातायातमा जोरविजोर लगाउने तयारी

५ बर्ष अगाडि

काठमाडौँ - काठमाडौँसहित देशका विभिन्न ठाउँमा आज वायु प्रदूषणको मात्रा केही घटे पनि खतरा कायमै छ ।

शुक्रबार, शनिबार, आइतबार विश्वकै सबैभन्दा उच्च प्रदूषित शहरको सूचीमा क्रमश पहिलो, दोस्रो र ११औँ स्थानमा रहेको काठमाडौँ आज फेरि दोस्रो स्थानमा छ ।

आइक्यूएयर डट कमको बिहान साढे ११ बजेको अपडेट अनुसार नेपाल फेरि विश्वकै प्रदूषित शहरको दोस्रो स्थानमा छ । पहिलो स्थानमा दक्षिण कोरियाको बुसान छ ।

मंगलबार हावाको गति बढेमा प्रदूषण हट्न सक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । उपत्यकाको प्रदूषण सुधारको अवस्थामा नआएपछि प्रदूषण नियन्त्रणका अस्थायी उपाय खोज्ने सरोकारवालासँग आजै छलफलको तयारी भएको वातावरण विभागले जनाएको छ ।

चार दिनदेखिको अवस्था उस्तै रहेकाले तत्काललाई प्राथमिक तहसम्मका विद्यालय बन्द गर्नेदेखि यातायातमा जोरविजोर लगाउनेसम्मको विषय छलफल गरिने विभागले जनाएको छ । 

विभागको प्रदूषण मापक यन्त्रले आज वायू गुणस्तर सूचक केही सुधार देखिए पनि आँखा पोल्ने लगायतका समस्या यथावत छ । बिहान ११ बजेको मापनमा काठमाडौको वायुको गुणस्तर ९एक्यूआइ० घातक देखिएको छ ।

चितवनको सौराहाको एक्यूआइ २८३, ललितपुरको भैँसेपाटीको एक्यूआइ २६७, भक्तपुरको २३९, कीर्तिपुरको २२५ देखिएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया