काठमाडौं - साझा यातायातले विद्युतीय बस खरीदका लागि बोलपत्र आह्वान गरेको छ । सरकारले ३०० विद्युतीय बस खरीदको जिम्मेवारी साझालाई प्रदान गरेपछि साझाले खरीद प्रक्रिया अघि बढाएको हो ।
कम्पनीले पहिलो चरणमा ४० ओटा विद्युतीय बस खरीदका लागि बोलपत्र आह्वान गरेको छ । साझाका अनुसार सम्बन्धित कम्पनीहरूले मे ९ ९वैसाख २६० सम्ममा बोलपत्रका प्रस्ताव पेश गरिसक्नुपर्नेछ ।
मन्त्रालयले बसको लम्बाइ ८ दशमलव ५ देखि ९ दशमलव ५ मिटरको बीचमा हुनुपर्ने, पूर्ण विद्युतीय ब्याट्रीबाट चल्ने हुनुपर्ने, ब्याट्री क्षमता १६० किलोवाट प्रतिघण्टाको हुनुपर्ने, एकपटकको चार्जमा कम्तीमा २०० किलोमिटर चल्ने सिटी बसको स्पेशिफिकेसन बनाएको छ ।
यसैगरी बोलपत्रमा सहभागी हुन कम्पनी स्टक मार्केटमा दर्ता भई अन्तरराष्ट्रिय बजारमा कम्तीमा १०० ओटा बस बेचेको तथा उत्पादन शुरू गरिरहेको कम्पनी १० वर्ष पुगेको हुनुपर्ने शर्त मापदण्डमा राखिएको थियो ।
प्रतिक्रिया