मलेसियामा नेपाली कामदार बेपत्ता

५ बर्ष अगाडि

काठमाडौं - मलेसियाको एक सेक्युरीटी कम्पनीमा काम गर्ने सुरक्षागार्ड बेपत्ता भएका छन् । 

मलेसियाको राजधानी क्वालालम्पुरस्थित ईगल आई सेक्युरिटी एसडिएन बिएचडीमा कार्यरत दाङका निवासी धन बहादुर सुनारी मगर गत सोमबारदेखि कसैलाई जानकारी नदिई बेपत्ता भएका हुन् । 

उनीसँगै कार्यरत नेपालीहरुले मगरको खोजी गरिदिन स्थानिय प्रहरीलाई आग्रह गरेका छन् । मलेसियामा नयाँ विदेशी कामदार नगएपछि करार अवधि सकिएका कामदारहरुले अनिच्छापूर्वक काम गर्नु परेको गुनासो निरन्तररुपमा मलेसियास्थित नेपाली दूतावासमा आउने गरेका छन् ।

कम्पनीले धनबहादुरलाई देखी खबर गरिदिएमा उचित पुरस्कारसहित सम्मान गर्ने सूचना सार्वजनिक गरेको छ । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया