श्रीमानको कुटाइवाट श्रीमतीको मृत्यु !

५ बर्ष अगाडि

श्रीमानको  कुटाइवाट एक महिलाको मृत्यु भएको छ ।   मद्यपान गरी पोखरा –२६ बराल डाँडा बस्ने देवबहादुर विकको कुटाइबाट गम्भिर घाइते भएकी उनकी श्रीमती देवी विकको मृत्यु भएको हो ।

शनिवार देवबहादुर​ले मादक पदार्थ सेवन गरी कुटपिट गर्दा गम्भिर घाइते भएकी श्रीमतीलाई पोखराका विभिन्न अस्पतालमा उपचार गराएर घरमा लगीएको  थियो  । तर, आइतवार बिहान घाइते विक अचेत भएपछि पुनः उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिए । 

घटनापछि मृतकका श्रीमान देवबहादुर विकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया