रोटरी इन्टरनेशनल क्लब ३२९२ डिष्टिकअन्तर्गत रिजन–४ को रोटरी युथ लिडरसीप अवार्ड (रायला) कार्यक्रम शनिबारदेखि बन्दीपुरमा शुरु भएको छ । रोटरी इन्टरनेशनल ३२९२ डिष्टिक रिजन–४ को आयोजनामा तथा रोटरी क्लब अफ दमौलीको व्यवस्थापन एवं रिजन ४ मा रहेका १७ रोटरी क्लबको सहयोगमा रोटरी युथ लिडरसीप अवार्ड २०२०÷२१ कार्यक्रम शुरु गरिएको हो ।
तीन दिनसम्म सञ्चालन हुने कार्यक्रममा रिजन–४ अन्गर्ततका १४ देखि १८ वर्ष उमेर समूहका ४९ युवाले सहभागिता जनाएका छन् । रोटरी क्लबले सो उमेर समूहका युवाको व्यक्तित्व विकाससँगै सामाजिक दायित्वबोध गराउँदै नेतृत्वदायी क्षमताको विकास गराउन प्रत्येक वर्ष रायला कार्यक्रम गर्दै आएको रिजन– ४ का रायला कार्यक्रम संयोजक जयराम पौडेलले जानकारी दिए ।
कार्यक्रमको उद्घाटन गर्दै रोटरी इन्टरनेशनल क्लब ३२९२ डिष्टिकका पूर्व गभर्नर रवीन्द्रकुमार पियाले राज्यको भविष्य निर्धारक अहिलेका युवा र बालबालिका भएकाले उनीहरुमा हरेक क्षेत्रको विस्तारित ज्ञान हुन आवश्यक रहेको बताए। बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले बन्दीपुरको इतिहास जीवन्त रहने गरी योजनाबद्ध ढङ्गले विकास गर्न २० वर्षे गुरुयोजना बनाएर अघि बढेको बताए ।
प्रतिक्रिया