वायु प्रदूषण : बिहानैदेखि विमानस्थल पूर्ण रुपमा ठप्प

५ बर्ष अगाडि

काठमाडौं- वायु प्रदूषणका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज बिहानै देखि प्रभावित बनेको छ। आइतबार बाक्लो तुवालो लागेकाले उडानका लागि आवश्यक भिजिबिलिटी नहुँदा विमानस्थल प्रभावित भएको हो। 

आइतबार बिहानैदेखि कुनै पनि उडान तथा अवतरण हुन नसकेको विमानस्थलले जानकारी दिएको छ। 

शुक्रबार दिउँसो उपत्यकामा एक्कासी धुलो र धुँवासहितको बाक्लो प्रदूषण देखिएको थियो। त्यसै कारण भिजिबिलिटी कम हुँदा विमानस्थल केही समयका लागि बन्द गरिएको थियो
 

५ बर्ष अगाडि

प्रतिक्रिया