अवैध  साढे ३० लाख नगद र बिभिन्न बैकका चेक सहित २ जना पक्राउ

५ बर्ष अगाडि

स्रोत नखुलेको नगद सहित दुइ जना पक्राउ परेका छन्। काठमाडौं महानगरपालिका–२४ विशालबजार नजिकबाट  स्रोत नखुलेको ३० लाख ५० हजार नगद सहित एक युवक पक्राउ परेका हुन् । 

पक्राउ पर्नेमा काठमाडौं कालोपुल बस्ने गुल्मी कालिगण्डकी गाउँपालिका–१ का २५ वर्षीय गणेश पाण्डे रहेका छन् । महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले उनि सँगै अर्का एक जनालाई  समेत पक्राउ गरेको छ । 

उनीहरूको साथबाट दरौदी बहुउद्धेश्य सहकारी संस्थाको १ लाखको चेक, रञ्जना बहुउद्धेश्य सहकारी संस्थाको २५ हजारको चेक, कुमारी बैंकको २ लाख ८५ हजारको चेक, गुणकारी बचत तथा ऋण सहकारी संस्थाको १० हजारको चेक र १ थान मोबाइल प्रहरीले बरामद गरेको छ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया