काँग्रेसले देशभरका पार्टी कार्यालय बन्द गर्दै, पार्टीको झण्डा आधा झुकाउने

५ बर्ष अगाडि

नेपाली काँग्रेसले दिवंगत नेता नवीन्द्रराज जोशीको सम्मानमा तीन दिन  पार्टीको झण्डा आधा झुकाउने भएको छ।

सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा शनिबार बसेको केन्द्रीय समितिको आकस्मिक बैठकले  जोशीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै चैत १५, १६ र १७ गते देशभरका पार्टी कार्यालयमा झन्डा आधा झुक्याउने निर्णय गरेको हो ।

यस्तै, १७ गते  एकदिन देशभरका पार्टी कार्यालय बन्द गर्ने निर्णय पनि गरेको छ । 

तीन दिन शोकसभा बाहेक कार्यक्रम पनि नगर्ने भएको छ । यस्तै, १३ दिनसम्म सबै पार्टी कार्यालयमा पुस्तिका राख्ने भएको छ ।
पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले शोक प्रस्ताव पनि पारित गरेको छ ।  जोशीप्रति एक मिनेट मौनधारण गरि बैठक सकिएको छ ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया