काठमाडौं - नक्कली भ्याट बिल प्रयोग गरी राजस्व छली गर्ने विभिन्न नौ वटा कम्पनीविरुद्ध मुद्दा दायर गरिएको छ । राजस्व अनुसन्धान विभागले शुक्रबार उक्त कम्पनीहरुविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो
ती कम्पनीबाट २ अर्ब ७३ करोड ४४ लाख ५९ हजारको राजस्व छली भएको ठहर गर्दै सोही रकम बराबरको बिगो असुल गरी सञ्चालकलाई कैद सजायको माग गर्दै मुद्दा दायर गरिएको छ ।
राजस्व अनुसन्धान विभागका अनुसार रेणु ट्रेड इन्टरप्राइजेज, ओएनएस इन्टरप्राइजेज, रुपम ट्रेड कन्सर्न, आरजु इन्टरनेसनलका सञ्चालक किशोरी यादवसहित ओम श्रीराम इन्टरप्राइजेजका सञ्चालक वीरेन्द्र राम चमारविरुद्ध मुद्दा दायर गरिएको हो ।
साथै एभरेस्ट नेपाल ट्रेड कन्सर्नका महेश हजारा, द भिजन इन्टरप्राइजेजका सञ्चालन दुर्गेश कुमार झा, गेरु गणेश इम्पोर्ट एन्ड एक्सपोर्टका सञ्चालक सुरेश सहनी मलाह र एनआईसी ट्रेडर्सका प्रोपाइटर भूपेन्द्र कार्कीविरुद्ध मुद्दा दायर गरिएको छ ।
यी सबैले नक्कली मूल्य अभिवृद्धि कर बीजक ९भ्याट बिल० मार्फत राजस्व छली गरेको विभागको दाबी छ ।
प्रतिक्रिया