महालक्ष्मी बैंकद्वारा ९.२६ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित

५ बर्ष अगाडि

काठमाडौं - महालक्ष्मी विकास बैंक लि. ले ९.२६ प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । 

शुक्रबार सम्पन्न भएको बैंकको १९ औं वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट ८.८० प्रतिशतका दरले बोनस सेयर तथा ०.४६ प्रतिशत नगद लाभांश (बोनस सेयरमा लाग्ने कर प्रयोजनको लागि) गरी जम्मा ९.२६ प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो । 

साथै साधारण सभाबाट मर्जर तथा प्राप्तिको प्रस्तावलाई खुल्ला राख्दै पुँजिगत आधारलाई अझ थप सुदृढ गर्ने उद्देश्यले सो प्रस्तावलाई समेत पारित गरेको बैंकले जनाएको छ ।

                       

५ बर्ष अगाडि

प्रतिक्रिया