लोक सेवा आयोग पदाधिकारीविहीन, ४ हजार निजामती कर्मचारीको पदपूर्ति अवरुद्ध

५ बर्ष अगाडि

काठमाडौं - लोक सेवा आयोग पदाधिकारीविहीन भएपछि निजामतीका प्राविधिक तथा प्रशासनिक सेवाका चार हजारभन्दा बढी कर्मचारीको पदपूर्ति प्रक्रिया ठप्प भएको छ ।

कोरोना महामारीका कारण गत वर्षकै प्रक्रिया टुंग्याउन ढिलो भएकामा चालु वर्षको पदपूर्तिको विज्ञापनअनुसार प्रक्रिया अघि बढाउन नपाउँदै लोक सेवा पदाधिकारीविहीन भएको हो । 

यसबाट संगठित संघसंस्थाले लोक सेवाको संलग्नतामा प्रत्येक वर्ष गरिने पदपूर्ति पनि रोकिएको छ । 

पछिल्लो समय निजामती कर्मचारी, प्रहरी, सेना, संगठित संघसंस्थासहित १ सय १९ निकायमा कर्मचारीको भर्ना, बढुवा र आन्तरिक परीक्षामा लोक सेवाको संलग्नता रहँदै आएको छ  । 

५ बर्ष अगाडि

प्रतिक्रिया