बलात्कार आरोप मुद्दामा उच्च अदालत विराटनगरले सिद्धबाबा भनिने धर्म गुरु कृष्णबहादुर गिरीलाई झिकाउन आदेश दिएको छ । न्यायाधीशहरु प्रेमराज ढकाल र रेणुका शाहको संयुक्त इजलासले सिद्धबाबालाई बाटोको म्याद बाहेक १५ दिनभित्र झिकाउन आदेश दिएको हो ।
गिरीलाई मंसिर २२ मा जिल्ला अदालत सुनसरीका न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले सफाई दिएको थियो । जिल्ला अदालतको फैसला कानुनी हिसाबले विचारणीय देखिएको भन्दै उच्चले ‘झगडिया झिकाउने’ आदेश दिएको हो ।
जिल्ला अदालतले सफाई दिएपछि उच्च सरकारी वकिल कार्यालयले २७ फागुनमा उच्च अदालतमा पुनरावलोकन निवेदन दर्ता गराएको थियो । सिद्धबाबा हाजिर भएपछि बयान र प्रमाण बुझ्ने प्रकृया हुनेछ ।
प्रतिक्रिया