सनराइज अस्पतालमा आगलागी, दश जनाको मृत्यु

५ बर्ष अगाडि

 भारतको एक अस्पतालमा आगलागी हुदा दश जनाको मृत्यु  भएको छ । मुम्बईको  ड्रिम्स मलमा रहेको सनराइज अस्पतालमा आगलागी हुदा दश जनाको मृत्यु भएको हो ।

भारतीय सञ्चार माध्यमका अनुसार अस्पतालमा रहेका  ७० जना भन्दा धेरै कोरोना संक्रमित  बिरामीलाई अर्कै अस्पतालमा सारिएको छ ।

आगलागीको कारण खुल्न सकेको छैन । आगो निभाउन २५ भन्दा धेरै दमकलको प्रयोग गरिएको प्रहरीले जनाएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया