काठमाडौं - अटोरिक्सासहित अवैध काठ ओसार्ने काममा संलग्न दुई जना पक्राउ परेका छन् । भीमदत्त नगरपालिका–१९ उल्टाखामका दुई जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा ३० वर्षीय मनोज लुहार र ५२ वर्षीय मोती नेपाली रहेका छन् । उनीहरुलाई म १ ह ८०५ नंको अटोरिक्सासहित भाँसी नजिकबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
अटोरिक्सामा चारवटा सालका गोलिया लैजाँदै गरेको बेला काठसहित दुवैलाई पक्राउ गरी शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज मझगाउँमा बुझाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
प्रतिक्रिया