नेपाल चेम्बर र रोयल नेपाल गल्फ क्लबबीच समझदारी

५ बर्ष अगाडि

नेपाल चेम्बर अफ कमर्स र रोयल नेपाल गल्फ क्लबबीच समझदारी भएको छ । चेम्बर अफ कमर्स र  गल्फ क्लबबीच आज पाँच वर्षका लागि ‘नेपाल चेम्बर गल्फ टुर्नामेन्ट’ आयोजनाको समझदारी पत्रमा हस्ताक्षर भएको हो । 

नेपाल चेम्बरका तर्फबाट पर्यटन समितिका सभापति अर्जुनप्रसाद शर्मा तथा क्लबका क्याप्टेन राजेन्द्रमान शेरचनले समझदारीपत्रमा हस्ताक्षर गरे । 

कर्पोरेट क्षेत्रलाई लक्ष्य गरी आयोजना गरिने गल्फ प्रतियोगितालाई मुलुकको पर्यटन प्रबद्र्धनमा सहयोग पुग्ने गरी अन्तर्राष्ट्रियस्तरको बनाइने नेपाल चेम्बर अफ कमर्सका कार्यसमिति सदस्य एवं पर्यटन सभापति अर्जुनप्रसाद शर्माले जानकारी दिए । “यसखालका प्रतियोगिताले कोभिड १९ पछि खस्किएको पर्यटन उद्योगलाई प्रबद्र्धन गर्न सहयोग पुग्छ भन्ने हाम्रो अपेक्षा छ”, शर्माले भने  । 

नेपाल चेम्बर अफ कमर्सको ७० औँ वार्षिकोत्सवको अवसरमा यही चैत २० र २१ गते  ‘नेपाल चेम्बर गल्फ टुर्नामेन्ट’ को पहिलो संस्करण आयोजना हुने भएको छ  । पत्रमा उल्लेख भएअनुसार ५ बर्ष सम्म टुर्नामेन्ट आयोजना हुने छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया