१ अर्ब ७९ करोडको लागतमा आयल निगमको नयाँ भवन बन्दै

५ बर्ष अगाडि

काठमाडौं - २०७२ वैशाखको भूकम्पले क्षति बनाएको नेपाल आयल निगमको भवन बनिने भएको छ । निगमले साविकको स्थानमा नै नयाँ कार्यालय भवन बनाउन लागेको हो ।

गोरखा भूकम्पका कारण भवनमा क्षति पुगेकाले सरकारले निगमको केन्द्रीय कार्यालयमा रहेका तीन वटै भवनमा रातो स्टिकर टाँसेको थियो । 

रातो स्टिकर टाँसिएको पाँच वर्षपछि निगमले नयाँ भवन बनाउन तयारी थालेको छ । लामो समयको गृहकार्यपछि निगमले बबरमहलमा रहेको तीन पुराना भवन भत्काएर सोही स्थानमा दश तलाको नयाँ कर्पोरेट भवन बनाउन बोलपत्र आह्वान गरेको छ ।

नयाँ बन्ने कार्यालय भवनको डिजाइनअनुसार भूमिगत दुई तलाको पार्किङ हुने र जमिनमाथि १० तलाको भवन बनाइने छ । जमिनमाथिको १० तलामध्ये चार तलाको आधुनिक भवन हुने र छ तलाको टावर हुनेछ । 

नयाँ बन्ने कार्यालय भवनको कोठा अन्तर्राष्ट्रिय मापदण्डअनुसार रहने निगमले जनाएको छ । तीन वर्षभित्र निर्माण सम्पन्न गरिने उक्त भवनका लागि १ अर्ब ७९ करोड लागत अनुमान गरिएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया