काठमाडौं - लोकसेवा आयोग पदाधिकारी विहीन भएको छ । अध्यक्ष उमेश मैनालीसहित पाँच जना सदस्यको पदावधि सकिएपछि आयोग पदाधिकारी विहीन भएको हो ।
संवैधानिक व्यवस्था अनुसार कार्यकाल सकिने एक महिना अघि नै पदाधिकारी नियुक्तिका लागि सिफारिस गर्नुपर्ने भएपनि संवैधानिक परिषदको बैठक बस्न नसक्दा आयोगका पदाधिकारीले अवकाश पाइसक्दा पनि नयाँ पदाधिकारी नियुक्तीका लागि सिफारिस हुन सकेको छैन ।
संवैधानिक व्यवस्था अनुसार ६५ वर्ष उमेर पूरा भएपछि वा नियुक्ती भएको ६ वर्षे कार्यकाल पूरा भएपछि पदाधिकारी स्वत अवकाश हुन्छन् । आयोगका अध्यक्षसहित ६ वर्षे कार्यकाल पूरा भएपछि मंगलबार अध्यक्षसहित पाँच जना सदस्यले अवकास पाएका थिए ।
आयोग पदाधिकारी विहीन भएसँगै सूचना, विज्ञापन, लिखित नतिजा प्रकाशन, अन्तर्वार्ता, सिफारिस, सरुवा बढुवालगायतका काम ठप्प हुने भएको छ ।
प्रतिक्रिया