रुकुम पूर्वका दुई बालिकालाई अपहरण गरी जबरजस्ती करणी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुकुम पूर्वकै २३ वर्षका युवा र १४ वर्षका किशोर रहे रहेका छन् ।
चैत १ गते घरबाट हराएका १४ र १५ बर्षीया बालिकाहरु ९ दिनसम्म पनि परिवारको सम्पर्कमा नआएपछि आफन्तको प्रहरीमा निवेदन दिएका थिए । निवेदन परेलगत्तै प्रहरीले अनुसन्धान थालेको र त्यही दिन अभियुक्त दुई जनालाई रुकुमकोटबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जानकारी दिएको छ ।
अपहरण गरेर कोठामा बन्धक बनाएर राखेको दिनबाटै बालिकामाथि बलात्कार हुँदै आएको अनुसन्धानबाट खुलेको छ ।
अभियुक्त माथि अपहरण, शरीर बन्धक र जबरजस्ती करणीको मुद्धा दर्ता गरिएको प्रहरिले जनाएको छ ।
प्रतिक्रिया