नागरिक लगानी कोषको संस्थापक शेयर बिक्रीमा, कति कित्ता ?

५ बर्ष अगाडि

काठमाडौं - नागरिक लगानी कोषले आजबाट संस्थापक शेयरको लिलामी बिक्री खुला गरेको छ । कोषले १ लाख ३ हजार ७०० कित्ता संस्थापक शेयरको लिलामी बिक्री खुला गरेको हो । 

प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडले आफ्नो स्वामित्वमा रहेको कोषको उक्त संस्थापक शेयर लिलामी बढाबढमा बिक्री खुला गरेको हो ।

उक्त शेयर खरीद गर्न इच्छुक बैंक तथा वित्तिय संस्था तथा बीमा कम्पनीहरुले न्यूनतम १ हजार ३५० रुपैयाँ वा सोभन्दा बढी मूल्यमा बोलकबोल गर्न सक्नेछन् । लिलामी शेयरमा चैत १९ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् ।

न्यूनतम १०० कित्ता देखि १० ले भाग जाने गरी लिलामीमा आएको अधिकतम सम्पूर्ण कित्ता शेयर खरीदका लागि बोलकबोल गर्न सकिने व्यवस्था छ ।

बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङको कार्यालय तथा प्रिमियर इन्स्योरेन्सको केन्द्रीय कार्यालय नक्साल काठमाडौंबाट बोलपत्र फारम प्राप्त गर्न र बुझाउन सकिनेछ ।

५ बर्ष अगाडि

प्रतिक्रिया