आफ्नै प्रेमिकालाई मट्टितेल खन्याएर आगो लगाएपछि......

५ बर्ष अगाडि

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका ८ मा एक युवकले आफ्नै प्रेमिकालाई मट्टितेल खन्याएर आगो लगाएका छन्।

प्रेमिकालाई आगो लगाएपछि युवकले आफूलाई पनि आगो लगाएको तर उनको भनेअवस्था समान्य रहेको प्रहरीले जनाएको छ। सोलुखुम्बु घर भएकी १९ वर्षीय पूजा कार्कीलाई दोलखाका सुरज श्रेष्ठले आगो लगाएका हुन्। पूजा बुद्धचोकमा र सुरज जोरपाटीमा बस्दै आएका छन्।

आगलागीबाट युवती भने गम्भीर घाइते भएकी छन्। युवतीको कीर्तिपुरस्थित अस्पतालमा आईसीयूमा उपचार भइरहेको छ। उनको अवस्था गम्भीर रहेको काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी अशोक सिंहले बताए। श्रेष्ठको भने साँखुमा उपचार भइरहेको छ। 
 

५ बर्ष अगाडि

प्रतिक्रिया