सोलुखुम्बुमा ग्लोबल आइएमईको शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा

५ बर्ष अगाडि

ग्लोबल आइएमई बैंकले सोलुखुम्बुकोे फाप्लुमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । 

बैंकले, सोलुखुम्बुको सोलुदूधकुण्ड,४, फाप्लुमा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको यस शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन सोलुदूधकुण्ड नगरपालिकाको उपमेयर कल्पना राईले गरेकी हुन् । उक्त शाखारहित बैंकिङ्ग सेवाका लागि बैंकको प्रतिनिधिमा मान कुमार श्रेष्ठलाई नियुक्त गरिएको छ ।

यस शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २५६ पुगेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया