आउँदो वर्ष ४ दिन बिदा थपियो, दशैँमा ६ दिन बिदा हुने

५ बर्ष अगाडि

काठमाडौं। सरकारले आउँदो २०७८ सालमा चार दिन पर्व बिदा थप गरेको छ। बिदाको सूची सार्वजनिक गर्दै सरकारले चालु वर्षभन्दा आउँदो वर्ष ४ दिन धेरै बिदा दिने घोषणा गरेको हो । 

सरकारले दशैँमा पाँच दिन बिदा दिने छ। घटस्थापना सहित ६ दिन बिदा हुनेछ।  असोज २६ गते फूलपातीदेखि ३० गते एकादशीसम्म बिदा हुने छ।

तिहारमा लक्ष्मीपूजा कात्तिक १८ गतेदेखि २० गतेसम्म बिदा हुनेछ। विश्व मजदुर दिवस, गणतन्त्र दिवस, संविधान दिवस, प्रजातन्त्र दिवस, महिला दिवस लगायतमा पनि बिदा दिने भएको छ।

सरकारले धेरैपछि राष्ट्रिय एकता दिवस पुस २७ गतेलाई मान्यता दिएको छ। यसलाई राष्ट्रिय रूपमा मनाइने तर कार्यालय खुल्ने प्रकृतिको दिवस भनेर व्याख्या गरेको छ।

 

५ बर्ष अगाडि

प्रतिक्रिया