काठमाडौं- स्रोत नखुलेको ६ लाख रुपैयाँ नगद सहित २५ वर्षीय युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा रौतहट कटहरिया नगरपालिका–१ बस्ने मुकेश कुमार यादव रहेको प्रहरीले जनाएको छ ।
आइतबार दिउँसो वीरगञ्ज महानगरपालिका–१६ रजतजयन्ती चोकबाट प्र.३-००२ प २३७२ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा इनरुवाबाट खटिएको प्रहरीले मोटरसाइकल चालक यादवलाई उक्त स्रोत नखुलेको रुपैयाँ सहित फेला पारि पक्राउ गरेको हो ।
प्रतिक्रिया