कास्की । पोखरा महानगरपालिका–८ सिमलचौर र महानगरपालिका–१३ कामना टोल गरी छुट्टाछुट्टै ठाउँबाट तास खेलिरहेको अवस्थामा १४ जनालाई प्रहरीले पक्राउ गरेको छ।
सिमलचौरस्थित बुद्धिमाया तामाङको कोठामा ९ जनालाई प्रहरीले ६८ हजार ८३५ रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो भने महानगरपालिका–१३ कामना टोलबाट पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।
उनीहरुबाट प्रहरीले १६ हजार ५५५ रुपैयाँ र ३ बुक तास बरामद गरेको छ।
प्रतिक्रिया