२० वर्षीया युवतीलाई जर्बजस्ती करणीको आरोपमा १५ वर्षीय किशोर पक्राउ

५ बर्ष अगाडि

स्याङ्जा - आँधीखोला गाउँपालिकामा  २० वर्षीया युवतीलाई जर्बजस्ती करणी गरेको आरोपमा १५ वर्षीय किशोर पक्राउ परेका छन् । बोल्न, सुन्न नसक्ने युवतीलाई किशोरले बलात्कार गरेको आरोप छ । 

युवतीका आफन्तले दिएको जाहेरीमा ती किशोरले गत पुस ९ र १५ गते बलात्कार गरेको प्रहरीले जनाएको छ ।  जिल्ला प्रहरी प्रवक्ता डीएसपी राजेन्द्र अधिकारीका अनुसार युवतीको गर्भ बसेपछि घटना सार्वजनिक भएको हो ।

पीडितले आइतबार प्रहरीमा जाहेरी दिएको उनले बताए । प्रहरीले सोही दिन किशोरलाई पक्राउ गरेको हो । 

५ बर्ष अगाडि

प्रतिक्रिया